Skip to content
LAXMI SUNRISE BANK

भक्तपुरमा नेमकिपाको किल्ला भत्कियो, रास्वपाका रुकेस रञ्जित विजयी

अर्थ सरोकार

काठमाडौँ । भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को किल्ला भत्किएको छ । भक्तपुर-१ मा प्रेम सुवाल भारी मतले हारेसँगै भक्तपुर-१ मा नेमकिपाको किल्ला भत्किएको हो । 

सुवाललाई हराउँदै भक्तपुर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित विजयी भएका छन् । 

रञ्जितले कुल ३३ हजार ४ सय ३६ मतसहित जित हासिल गरेका हुन् । यता प्रेम सुवाल भने २८ हजार १ सय ४७ मतसहित दोस्रो भएका छन् । 

त्यस्तै, ४ हजार २ सय ८२ मत पाएका नेपाली काँग्रेसका किरण न्यौपाने तेस्रो भएका छन् भने एमालेका सोमप्रसाद मिश्र ३ हजार ७ सय २१ मतसहित चौथो भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK