Skip to content
LAXMI SUNRISE BANK

ओलीलाई भारी मतले पछि पार्दै बालेन, ‘कोर एरिया’ कुर्दै एमाले, स्थापितजस्तै विस्थापित हुने डर !

अर्थ सरोकार

काठमाडौँ । झापा-५ मा केपी शर्मा ओलीलाई भारी मतले पछि पार्दै बालेन शाह अघि देखिएका छन् ।

पछिल्लो मतगणना परिणाम अनुसार बालेनले ६ हजार ६ सय ५१ मत पाउँदा ओलीले जम्मा १ हजार ४ सय २८ मत पाएका छन् । यही गतिमा अग्रसरता कायम रहे झापा-५ मा बालेनले भारी मतान्तरले जित्ने पक्का देखिएको छ ।

यता एमाले कार्यकर्ताहरुले भने मतगणनामा एमालेको कोर एरिया आउनै बाँकी रहेको दाबी गरेका छन् । 

तर, कोर एरिया कुर्दाकुर्दै काठमाडौँ महानगरपालिकामा केशव स्थापित विस्थापित भएजस्तै झापा-५ मा पनि विस्थापित हुने डर एमालेजनमा देखिएको छ । यद्यपि अन्तिम मत परिणाम आउन बाँकी छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK