Skip to content
LAXMI SUNRISE BANK

हराएका ५० वटा मोटरसाइकल प्रहरीद्वारा सम्बन्धित धनीलाई हस्तान्तरण

अर्थ सरोकार

काठमाडौं । प्रहरीले विभिन्न समयमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार विभिन्न स्थानबाट चोरी भएका तथा हराएको भन्दै उजुरी परेका सवारी साधनमध्ये ५० वटा मोटरसाइकल खोजी गरी धनीको जिम्मा लगाइएको हो । उनले भने, ‘विभिन्न ठाउँबाट चोरी भएका तथा हराएको भनेर उजुरी आएका थिए । तीमध्ये ५० वटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई जिम्मा लगाएका छौं ।’

प्रहरीले केही सवारी साधन चोरी गरेर लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि सम्बन्धित स्थानमा पठाइएको छ । साथै, चोरीका मोटरसाइकलहरू भण्डारण गरेर राखिएको आशंका गरिएका स्थानहरूमा समेत खोजी गर्दा केही साधन बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सवारी साधन हराएमा तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गर्दै समयमै सूचना दिएमा खोजी कार्य प्रभावकारी हुने जनाएको छ । साथै, सवारी साधन सुरक्षित राख्न आवश्यक सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK