काठमाडौँ । सर्किट ब्रेक सम्बन्धी व्यवस्था खुकुलो बनाइने भएको छ । अर्थमन्त्री रामेश्वर खनालको पहलमा गठन गरिएको सेयर बजार सुधार सुझाव कार्यदलले दिएको सुझावका आधारमा नेपाल धितोपत्र बोर्डले सर्किट ब्रेकर सम्बन्धी व्यवस्था खुकुलो बनाउने तयारी गरेको हो ।
कार्यदलले दिएको सुझाव अनुसार सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा सर्किट लाग्ने सीमा बढाउने वा मार्केट हल्ट हुने समय घटाउने वा दुवै व्यवस्था पुनरावलोकन हुनसक्ने बताइएको छ ।
हाल उक्त विषयमा छलफल भइरहेको बोर्डका एक उच्च अधिकारीले बताएका छन् । सर्किट ब्रेकर सम्बन्धी व्यवस्था खुकुलो हुँदा बजारको माहोल थप सकारात्मक हुने र लगानीकर्ताको मनोबल पनि बढ्ने अपेक्षा गरिएको छ ।
ती अधिकारीका अनुसार सर्किट ब्रेकर सम्बन्धी नीतिगत व्यवस्था तथा अभ्यासलाई परिवर्तन गरी व्यवहारिक बनाउन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अधिकारीहरुबीच छलफल चलिरहेको छ । यसो त सर्किट ब्रेकर सम्बन्धी व्यवस्था खुकुलो बनाउने विषयमा कार्यदलले सर्किट ब्रेक नेप्से सूचकमा भन्दा फ्लोट परिसूचकमा प्रयोग गर्न सुझाव दिएको छ । उक्त सुझावलाई पनि एउटा विकल्पको रुपमा हेरिएको बोर्डका अधिकारीको भनाई छ ।
छलफलका क्रममा बोर्ड र नेप्सेका अधिकारीले केही अन्तराष्ट्रिय बजारलाई पनि रिफ्रेन्सको रुपमा प्रस्तुत गरेका थिए । जसअनुसार कतै दिनमा एकपटक मात्र सर्किट लाग्ने व्यवस्था छ भने कतै घट्दा मात्र सर्किट ब्रेकर प्रयोग गर्ने अभ्यास छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्