काठमाडौँ । कर्णाली प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक्ला सांसद रमेश कुमार सापकोटालाई क्याबिनेटमा पुर्याउने आवाज बलियो बनेको छ । सुर्खेत–२ बाट ३० हजार भन्दा बढी मत ल्याएर विजयी भएका सापकोटा क्याबिनेटमा देखिनुपर्ने आवाज बलियो बनेको हो ।
प्रत्यक्षतर्फ देशभर पहिलो शक्ति बन्दा रास्वपाले कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत–२ मा मात्र जित हासिल गर्यो ।
तर, प्रत्यक्षतर्फ अपेक्षित मत नआए पनि समानुपातिकतर्फ रास्वपाले कर्णालीमा आफ्नो बर्चश्व कायम राखेको छ । एमाले र नेकपाजस्ता पुराना दललाई समेत पछि पार्दै समानुपातिकतर्फ रास्वपा दोस्रो स्थानमा छ ।
कर्णालीबाट समानुपातिकतर्फ रास्वपाले पाएको मतलाई जनताले देखाएको परिवर्तनको संकेतका रुपमा विश्लेषण गरिएको छ ।
कर्णाली आफैँमा अन्य प्रदेशको तुलनामा भौगोलिक दृष्टिकोणले विकट प्रदेश हो । दर्जनौँ सरकार फेरिए पनि कर्णालीमा नागरिकले सडक, स्वास्थ्य, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा अपेक्षित विकास देख्न पाएका छैनन् । त्यसैमाथि रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले ‘कर्णालीका सुइना, अब हाम्मा सुइना’ भनेपछि यसपटक कर्णाली प्रदेश राज्यबाट टाढा हुँदैन भन्ने धेरैको विश्वास छ ।
तर, कर्णालीका मुद्दा सरकारको प्राथमिकतामा ल्याउन सरकारमै सक्षम प्रतिनिधित्व आवश्यक पर्छ र अहिले उक्त प्रतिनिधिका रुपमा सुर्खेत–२ बाट विजयी रास्वपाका रमेश कुमार सापकोटालाई हेर्न थालिएको छ । सापकोटालाई क्याबिनेटमा स्थान दिनु राजनीतिक निर्णय मात्र नभएर, सिंगो कर्णालीप्रतिको जिम्मेवारी र सम्मानको संकेत हुने स्वयम् रास्वपाका नेताहरु बताउँछन् ।
सापकोटालाई अवसर दिइएको खण्डमा उनले कर्णालीका मुद्दालाई संसदमा मात्र होइन, मन्त्रिपरिषद्मा पनि जोडदार साथ उठाउने कर्णालीबासी बताउँछन् । स्थानीय नेताहरुले पनि कर्णालीको आवाज संसदसम्म पुगेको र उक्त आवाज मन्त्रिपरिषदमा पनि पुग्नुपर्नेमा जोड दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्