Skip to content
LAXMI SUNRISE BANK

तेल भिसा चलचित्रका निर्माता पक्राउ, विदेश पठाउने भन्दै २५० जनालाई ठगेको आरोप !

अर्थ सरोकार

काठमाडौँ । तेल भिसा चलचित्रका निर्माता शिवराज कार्की पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई स्वयम्भूबाट पक्राउ गरेको हो ।

विदेश पठाउने प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । कार्कीले २५० जनालाई ठगी गरको आरोप छ । १०० जना भन्दा बढी पीडित भने प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

उनीविरुद्द वैदेशिक ठगीमा ६ वटा पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । विगत १० वर्षदेखि उनले चाबहिलमा पी एण्ड एम इनोभेशन सर्भिस नामक कन्सलटेन्सी संचालन गर्दै आएको पाइएको छ ।

यसअघि कार्कीविरुद्द बैंकिङ कसुरको मुद्दा समेत चलेको थियो ।

उनी पछिल्लो तीन महिनादेखि भारतमा बस्दै आएको पाइएको छ । उनको साथबाट प्रहरीले भारतीय आधार कार्ड र प्यान कार्ड समेत बरामद गरेको छ ।

हाल भने कार्की लाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK