काठमाडौँ । पूर्वशिक्षामन्त्री महावीर पुनले नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक) मा लेख्दै पुनले विज्ञान प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका हुन् ।
पुनले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न र उनीहरुलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय चाहिने उल्लेख गरेका छन् ।
‘प्रतिभाशाली युवाहरूलाई विदेश पलायन हुनबाट रोकेर, उनीहरूलाई उद्यमी बनाई नेपालको अर्थतन्त्रको विकास गर्न एकदमै शक्तिशाली विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय चाहिन्छ ! चाहिन्छ ! चाहिन्छ !’, उनले लेखेका छन्, ‘अनि अनुसन्धान, नवप्रवर्तन तथा आविष्कारका लागि कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत रकम बजेटमा छुट्ट्याउनै पर्छ! पर्छ! पर्छ! यसो गरेन भने देश उँभो लाग्दैन है साथीहरु ।’
पुन जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारका शिक्षामन्त्री हुन् । पछि उनी राजीनामा दिएर निर्वाचनमा होमिएका थिए । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पुन भारी मतसहित विजयी भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्