काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । चितवन–२ बाट निर्वाचित भएका रविले खर्च विवरण सार्वजनिक गरेका हुन् ।
रविले सार्वजनिक गरेको खर्च विवरण अनुसार उनले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च गरेका देखिएको छ ।
रविको खर्च विवरणमा मनोनयन दर्ताका लागि १० हजार, नमुना मतपत्र सामाग्री छपाईमा ६८ हजार १ सय ६१, यातायात तथा इन्धन (२ वटा गाडी, १५ दिन) मा २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च (२ दिन) मा १४ हजार २ सय र वडास्तरीय प्रचार प्रसारमा ४६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
त्यस्तै, प्रचार सामाग्री खरिद (झण्डा र ब्याच)मा १ लाख १२ हजार, ब्यानर र स्टिकर खरिदमा ५५ हजार, खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार, हवाई खर्च (३ पटक) १३ हजार ६ सय ६२ र गोष्टी भेलामा १ लाख ८० हजार खर्च गरिएको विवरण उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्