Skip to content
LAXMI SUNRISE BANK

हारमा ‘ह्याट्रिक’ गरेका रविन्द्र मिश्रको चुनाव खर्च झण्डै २४ लाख !

अर्थ सरोकार

काठमाडौँ । हारमा ‘ह्याट्रिक’ गरेका रविन्द्र मिश्रले चुनाव खर्च सार्वजनिक गरेका छन् । काठमाडौँ-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका मिश्रले चुनाव खर्च सार्वजनिक गरेका हुन् । 

मिश्रले सार्वजनिक गरेको खर्च विवरण अनुसार फागुन २१ गतेको निर्वाचनका लागि उनले कुल २३ लाख ९७ हजार ४ सय २ रुपैयाँ खर्च गरेका छन् । 

मिश्रले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण अनुसार उनले सचिवालय कुल खर्च (व्यवस्थापन) मा ८ लाख ५० हजार, विविध भिडियो/ग्राफिक्स उत्पादनमा ५ लाख ५० हजार र सवारी साधन र इन्धनमा २ लाख ५० हजार खर्च गरेका छन् ।

त्यस्तै, मिश्रको चुनावी प्रचार अन्तर्गत घरदैलो खानामा १ लाख ५० हजार, सामूहिक अन्तरक्रिया खानामा २ लाख ४० हजार ५ सय, प्रचारप्रसार सामाग्रीमा १ लाख १२ हजार ६३, ठूलो स्पिकर खरिदमा ६० हजार, रेडियो विज्ञापनमा ५४ हजार ७० र विविधमा १ लाख ३० हजार ७ सय रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK