Skip to content
LAXMI SUNRISE BANK

बैंकिङ कसुर मुद्दामा राधिका बस्नेत पक्राउ

अर्थ सरोकार

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा दोलखाको वैतेश्वर घर भएकी ३७ वर्षीय राधिका बस्नेत रहेकी छिन्।

बस्नेतमाथि बैंकिङ कसुरमा मुद्दा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका २ वटा मुद्दामा १८लाख ६० हजार बिगो, प्रहरी वृत्त बौद्धमा बैंकिङ कसुरका ३ वटा मुद्दामा १७ लाख ३० हजार बिगो, प्रहरी वृत्त गौशालामा बैंकिङ्ग कसुरका १ वटा मुद्दामा २० हजार बिगो, प्रहरी वृत्त सिंहदरबारमा बैंकिङ्ग कसुरको १ वटा मुद्दामा ५ लाख बिगो र वैदेशिक रोजगार विभाग ताहाचलमा वैदेशिक रोजगार सम्बन्धी कसुरको २ वटा मुद्दामा १९ लाख २५ हजार बिगो रहेको छ।

बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति भएकी उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका ६ बाट पक्राउ गरेको हो।

हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाही भइरहेको प्रहरीले जनाएको छ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK