Skip to content
LAXMI SUNRISE BANK

महेश बस्नेतको ‘होम ग्राउण्ड’मै बज्यो घण्टी, राजिव खत्रीको जित सुनिश्चित !

अर्थ सरोकार

काठमाडौँ । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजिव खत्रीको जित सुनिश्चित देखिएको छ ।

प्रमुख प्रतिद्वन्दी नेकपा एमालेका महेश बस्नेतलाई भारी मतले पछि पार्दै अग्रसरता कायम गरेपछि भक्तपुर-२ मा खत्रीको जित सुनिश्चित देखिएको हो । 

मतगणनाको पछिल्लो मत परिणाम अनुसार राजिव खत्रीले ७ हजार २ मत पाउँदा महेश बस्नेतले २ हजार ५ सय ३८ मत पाएका छन् ।

महेश बस्नेतको ‘कोर एरिया’ भनिएको गुण्डुबाटै घण्टीमा अत्याधिक मत आएपछि बस्नेतको हार निश्चित देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK