Skip to content
LAXMI SUNRISE BANK

राजनीतिक नियुक्ति पाएकालाई राजीनामा दिन रास्वपाको आग्रह, नटेरे निलम्बन !, हजारौँ कार्यकर्ता बेरोजगार हुँदै !

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसअघिका सरकारबाट नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेको छ । रास्वपाले योग्यता र क्षमता भन्दा पनि पहुँच र राजनीतिक प्रभावका आधारमा नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेको हो ।

पुराना राजनीतिक दलले योग्यता र क्षमता नहेरी दलका कार्यकर्ता र वरपरकालाई सरकारी नियुक्ति दिने गरेको र उक्त प्रवृत्तिप्रति जनताको चर्को असन्तुष्टि भएकाले उक्त प्रवृत्ति अन्त्यका लागि मार्ग प्रशस्त गर्न आग्रह रास्वपाले यस्तो आग्रह गरेको छ ।

यसरी राजनीतिक नियुक्ति लिएकाहरुले स्वस्फूर्त राजीनामा दिए अब बन्ने सरकारले योग्य, क्षमतावान् व्यक्तिलाई प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने रास्वपाका एक नेताले बताएका छन् ।

तर, उक्त आग्रहलाई बेवास्ता गर्दै पद ओगटिरनेलाई निलम्बन गर्नेसमेत तयारी गरिएको ती नेताले बताएका छन् । यद्यपि, उक्त विषयमा पार्टीले औपचारिक निर्णय वा घोषणा भने गरिसकेको छैन । रास्वपाका ती नेताका अनुसार यसअघिका सरकारबाट पहुँचका आधारमा १ हजार १ सय हाराहारीले राजनीतिक नियुक्ति लिएको पाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK