Skip to content
LAXMI SUNRISE BANK

फ्याटको मात्रा कम भेटिएपछि सिताराम दूध बिक्री गर्न रोक !

अर्थ सरोकार

काठमाडौँ । सिताराम गोकुल मिल्क्स उद्योगको प्रशोधित दूध बिक्रीमा रोक लगाइएको छ । दूधमा चिल्लो पदार्थ (फ्याट) को मात्रा मापदण्ड भन्दा कम भेटिएपछि दूध बिक्रीमा रोक लगाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनका क्रममा दूधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्र पाइएको थियो ।

दूधमा चिल्लो पदार्थको मात्र कम भेटिएपछि सोही ब्याच (उत्पादन मितिः २०८२-१२-०२, ब्याच नः २८६१०) का दूधलाई बजारमा बिक्री वितरण गर्न रोक लगाइएको अनुगमनमा सहभागी एक अधिकारीले बताएका छन् । 

ती अधिकारीका अनुसार खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३३ अनुसार ५ सय १९ केट (प्रत्येक ५०० मिलि × २० पोका प्रति क्रेट) दूधलाई बिक्रीमा रोक लगाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK