Skip to content
LAXMI SUNRISE BANK

साधारण सेयर निस्काशन गर्दै सालमनीदेवी हाईड्रोपावर

अर्थ सरोकार

काठमाडौँ। सालमनीदेवी हाईड्रोपावरले साधारण सेयर निस्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावितलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र सालमनीदेवी हाईड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक पेरश दाहालले हस्ताक्षर गरेका छन्।

सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK