Skip to content
LAXMI SUNRISE BANK

लोकप्रिय बन्दै ‘सेयर हब’ एप, प्ले स्टोरमा १० लाख पटक डाउनलोड

अर्थ सरोकार

काठमाडौँ । सेयर हब एप प्ले स्टोरमा १० लाख पटक डाउनलोड भएको छ । सेयर लगानीकर्तामा लोकप्रिय सेयर हब छोटो समयमै १० लाख पटक डाउनलोड भएको हो ।

सेयर बजारका तथ्यांक, मूल्य परिवर्तन तथा आधारभूत विश्लेषणलाई सरल बनाउने लक्ष्यसहित सुरु गरिएको यो एप अहिले लाखौं लगानीकर्ता तथा ट्रेडरहरूको भरोसायोग्य डिजिटल प्लेटफर्मका रूपमा स्थापित भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको विस्तृत विवरण, रियल–टाइम नजिकको मूल्य अपडेट, पोर्टफोलियो व्यवस्थापन, वाचलिस्ट, प्राइस अलर्ट, तथा आधारभूत सूचकहरू जस्ता सुविधाहरूले प्रयोगकर्तालाई सूचित निर्णय लिन सहयोग पुर्‍याउँदै आएको छ ।

सेयर हबले केवल डेटा उपलब्ध गराउने मात्र नभई, प्रयोगकर्तालाई उन्नत चार्टिङ टुलमार्फत प्राविधिक विश्लेषण गर्न पनि सक्षम बनाएको छ । यसमा समावेश आधुनिक चार्टिङ प्रणालीले प्रयोगकर्तालाई बजारको ट्रेन्ड, सपोर्ट–रेजिस्टेन्स तथा विभिन्न इन्डिकेटरहरू प्रयोग गरी विश्लेषण गर्न सहज बनाएको छ, जसले विशेषगरी नयाँ लगानीकर्ताहरूका लागि सिकाइको प्रक्रिया समेत सरल बनाएको छ ।

आगामी दिनहरूमा थप उन्नत फिचरहरू, अझ सटीक डेटा इनसाइट, एआई–आधारित विश्लेषण, र प्रयोगकर्ता अनुभवलाई अझ सहज बनाउने अपडेटहरू ल्याउने तयारी भइरहेको सेयर हव डेभलपर टिमले जनाएको छ । यसले नेपाली सेयर बजारमा डिजिटल प्रयोगलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

प्ले स्टोरमा १० लाख पटक डाउनलोड पुगेको अवसरमा ‘सेयर हब’ टोलीले सम्पूर्ण प्रयोगकर्ताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK