काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात २१ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति दिएको थियो ।
त्यसमध्ये कम्पनीले ९ लाख ८० हजार कित्ता प्रभावित क्षेत्रका स्थानीय र २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ ।
त्यस्तै, कम्पनीले कर्मचारीका लागि ४४ हजार ४ सय कित्ता सेयर सुरक्षित राखेको छ । बाँकी रहेको १८ करोड ४२ लाख ६० हजार रुपैयाँ बराबरको १८ लाख ४२ हजार ६ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
उक्त आईपीओमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्कासनका लागि कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्