Skip to content
LAXMI SUNRISE BANK

प्युठानमा सूर्य थापा पाचौँ, हार लगभग निश्चित !

अर्थ सरोकार

काठमाडौँ । चुनावी प्रचारमा साह्रै आक्रामक देखिएका एमालेका सूर्य बहादुर थापाको हार लगभग निश्चित भएको छ । प्युठानबाट उम्मेदवारी दिएका थापाको हार लगभग निश्चित भएको हो ।

हालसम्मको मतगणना परिणाम अनुसार प्युठानमा १ हजार ३ सय ४७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशान्त बौदिकले ५ सय ५ मत पाएका छन् । 

त्यस्तै, नेपाली काँग्रेसका गोविन्दराज पोखरेलले ४ सय ६६ र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले १ सय ३४ मत पाएका छन् । 

यता नेपाली कम्युनिष्ट पार्टीका कृष्णध्वज खड्काले १ सय ८ मत पाउँदा एमालेका सूर्य थापाले भने जम्मा ६९ मत पाएका छन् । उनी प्रतिस्पर्धामा पाचौँ स्थानमा छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK