Skip to content
LAXMI SUNRISE BANK

तनहुँमा स्वर्णिम वाग्लेको जित पक्का, कांग्रेस र एमाले पत्तासाफ !

अर्थ सरोकार

काठमाडौँ । तनहुँ क्षेत्र–१ मा स्वर्णिम वाग्लेको जित पक्का भएको छ । पछिल्लो मत परिणाम अनुसार तनहुँमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले बताएका छन् ।

यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा (एमाले)का भगवती न्यौपानेले ४१६ मत प्राप्त गरेकी छिन् ।

तनहुँमा भारी मतान्तरले जित्ने निश्चित भएसँगै र रास्वपाको एकल सरकार बन्ने पनि निश्चित भएसँगै वाग्ले अर्थमन्त्री बन्ने निश्चित देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK