Skip to content
LAXMI SUNRISE BANK

स्वर्णिम वाग्लेको चुनावी खर्च २६ लाख ९० हजार !

अर्थ सरोकार

काठमाडौँ । स्वर्णिम वाग्लेको आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । फागुन २१ गते सम्पन्न निर्वाचनमा तनहुँ-१ बाट निर्वाचित सांसद वाग्लेले चुनावी खर्च सार्वजनिक गरेका हुन् । 

वाग्लेले निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार उनले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २६ लाख ९० हजार ७५४ रुपैयाँ खर्च गरेका छन् ।

उनको प्रचार प्रसार सामग्री खरिद तथा प्रिन्टको लागि सबैभन्दा बढि ६ लाख ५० हजार २९८ रुपैयाँ खर्च भएको देखिएको छ । त्यस्तै, विद्युतीय प्रचार प्रसार ३ लाख ४८ हजार ४६४ रुपैयाँ, खाना खाजा तथा अस्थायी बसोवास ३ लाख ४८ हजार ९०० रुपैयाँ खर्च भएको छ ।

यस्तो छ वाग्लेको सम्पूर्ण खर्च विवरणः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK