काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले चैत्र ६ गतेदेखि चैत्र ८ गतेसम्म स्प्रिंग एक्सचेन्ज क्याम्प कार्यक्रम सुरु गर्ने भएको छ । यस अफर अन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेंजका गाडी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणी अन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडी साँट्न सकिनेछ । यो कार्यक्रम टाटा मोटर्सका देशभरका शोरुमहरूमा आयोजना हुनेछ ।
स्प्रिंग एक्सचेन्ज क्याम्प योजना अन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरूले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडान साथै हरेक बुकिङमा आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । बम्पर लकी ड्रमा आइफोन १७ प्रो पनि जित्न सकिनेछ ।
यस्तै, सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइन भएका उत्पादनहरू अवलोकन गर्न र टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्