Skip to content
LAXMI SUNRISE BANK

मध्यपूर्वमा तनावः श्रम स्वीकृति रोकिएपछि दैनिक २ हजार बढी नेपाली रोजगारीमा जानबाट रोकिए !

अर्थ सरोकार

काठमाडौँ । मध्यपूर्वमा युद्धको प्रभाव बढेपछि नेपालबाट रोजगारीका लागि मध्यपूर्व (खाडी मुलुक) जानेहरु रोकिएका छन् । युद्धका कारण सरकारले श्रम स्वीकृति रोकेपछि भिसा पाइसकेकाहरु पनि रोजगारीका लागि खाडी मुलुक जानबाट रोकिएका हुन् । 

युद्धका कारण श्रम स्वीकृति रोकिएपछि हाल दैनिक २ हजार भन्दा बढी नेपालीहरु रोजगारीका लागि खाडी मुलुक जानबाट रोकिएको वैदेशिक रोजगार विभागका एक अधिकारीले बताएका छन् । 

सरकारले नयाँ मात्र होइन, श्रम स्वीकृति नवीकरण पनि रोकेको छ । श्रम स्वीकृति नपाएकाहरुलाई अध्यागमन विभागले हवाई यात्रामा रोक लगाएको छ । यसरी श्रम स्वीकृति र नवीकरण दुवै रोकिएपछि भिसा पाइसकेका श्रमिक र बिदामा आएकाहरु पनि रोकिएका छन् ।

यद्यपि अहिले साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र तुर्किएका लागि पुनः श्रम स्वीकृति खुला गरिएको छ । नयाँ श्रमिकका लागि भने अझै बन्द छ । यता कुवेत, बहराइन, इराक, लेबनान र इजरायलका लागि भने नयाँ र पुराना दुवै खाले श्रम स्वीकृति बन्द रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK