काठमाडौँ । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबीच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । सरकारी स्वामित्वको सिलोन पेट्रोलियम निगमका अनुसार सोमबार मध्यरातदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो ।
नयाँ समायोजनअनुसार अटो डिजेलको मूल्य प्रतिलिटर २२ रुपैयाँले बढेर ३०३ रुपैयाँ पुगेको छ । त्यस्तै सुपर डिजेलको मूल्य २४ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३५३ रुपैयाँ कायम गरिएको छ । पेट्रोलतर्फ ९२ अक्तेन पेट्रोलको मूल्य २४ रुपैयाँले बढेर प्रतिलिटर ३१७ रुपैयाँ पुगेको छ भने ९५ अक्तेन पेट्रोलको मूल्य २५ रुपैयाँले वृद्धि भई प्रतिलिटर ३६५ रुपैयाँ निर्धारण गरिएको छ । यसका साथै मट्टीतेलको मूल्य पनि प्रतिलिटर १३ रुपैयाँले बढाएर १९५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
सिलोन पेट्रोलियम निगमका अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको अनिश्चितता तथा निरन्तर उतारचढावका कारण आन्तरिक बजारमा मूल्य समायोजन गर्नुपरेको हो । मध्यपूर्वमा जारी द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा प्रभाव पारेकाले धेरै देशहरूमा इन्धन मूल्यमा दबाब बढिरहेको बताइएको छ ।
निगमले देशको ऊर्जा आवश्यकतालाई ध्यानमा राख्दै आगामी महिनाहरूका लागि पर्याप्त इन्धन आपूर्ति सुनिश्चित गर्न विभिन्न कदमहरू चालिएको जनाएको छ । राष्ट्रिय आवश्यकताअनुसार आगामी साउन महिनासम्म पुग्ने इन्धन आपूर्तिका लागि आवश्यक अर्डरहरू दिइसकिएको छ । साथै सरकारले दीर्घकालीन आपूर्ति सुनिश्चित गर्नका लागि अन्तर्राष्ट्रिय टेन्डर प्रक्रियामार्फत इन्धन खरिद गर्ने व्यवस्था पनि मिलाएको छ ।
यसैबीच सिलोन पेट्रोलियम निगमका प्रबन्ध निर्देशक मयुरा नेथ्थिकुमारागेले दिएको जानकारीअनुसार हालको खपत दर कायम रहेमा देशमा उपलब्ध इन्धन भण्डार अप्रिल महिनाको अन्त्यसम्मका लागि पर्याप्त रहने अनुमान गरिएको छ । उनले आपूर्ति व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन निरन्तर निगरानी र योजना बनाइरहेको पनि बताएका छन् । यता मध्यपूर्वमा देखिएको तनावको असर नेपालमा पनि पर्न सक्ने विश्लेषण गरिएको छ । अन्तराष्ट्रिय बजार महँगिदा नेपाली बजार पनि महँगिने विश्लेषकहरुको दाबी छ । उनीहरुले तत्काल असर नदेखिए पनि भविष्यमा असर देखिन सक्ने प्रक्षेपण गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्