काठमाडौँ । दुबईमा ड्रोन आक्रमण भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमबार दुबई अन्तराष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएको हो ।
विमानस्थलमा ड्रोन आक्रमण हुँदा विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।
ड्रोन आक्रमणपछि सिभिल डिफेन्सका टोलीहरुले आगो नियन्त्रणमा लिएका छन् । ड्रोन आक्रमणबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ । अमेरिका-इजरायल र इरानबीचको युद्धपछि दुबईसँगै मध्यपूर्वका देशहरुमा आक्रमण बढ्दो छ ।
खासगरी मध्यपूर्वका देशका कूटनीतिक नियोग, सैन्य अड्डा, तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरु निसानामा परेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्