Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य २५ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला ३लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २५ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने २०५ रुपैयाँले घटेर प्रतितोला ५८१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ८१ हजार ७ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४९८५.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK