Skip to content
LAXMI SUNRISE BANK

‘मध्यपूर्वको युद्ध अर्थतन्त्रका लागि गम्भीर चुनौती बन्नसक्छ’

अर्थ सरोकार

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले मध्यपूर्वको युद्ध नेपालको अर्थतन्त्रको लागि गम्भिर चुनौतीको रुपमा देखा पर्नसक्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अग्रवालले यस्तो बताएका हुन् । उनले हर्मुजघाटीमा बढ्दो तनावका कारण इन्धन आपूर्तिमा समस्या भइरहेकोले आगामी दिनमा आर्थिक चुनौती थप बढ्ने बताएका छन् । 

अग्रवालका अनुसार नेपालले भारतमार्फत इन्धन आयात गर्ने गरेको छ । भारतले ठूलो मात्रामा कच्चा तेल र एलपीजी विभिन्न देशबाट आयात गर्ने र त्यसको अधिकांश हिस्सा हर्मुजघाटी हुँदै ल्याउने उनले बताए । तर, हर्मुजकै अवरोधले आपूर्ति श्रृंखला प्रभावित हुने उनको भनाई छ । 

हाल इरानले सो क्षेत्रलाई रणनीतिक रूपमा प्रयोग गरिरहेको अग्रवालले बताएका छन् । उनले नयाँ सरकारले यस चुनौतीलाई गम्भीरतापूर्वक लिएर प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएका छन् । 

‘मध्यपूर्वको युद्धले विश्व अर्थतन्त्रमा नै नकरात्मक प्रभाव पारिरहेको छ । नेपालले भारतबाट तेल आयात गर्छ । भारतले ९० प्रतिशत कच्चा तेल र ६० प्रतिशत एलपिजी ग्यास विभिन्न देशबाट आयात गर्छ । आयात हुने एलपिजी ग्यासको ९० प्रतिशत स्टेट अफ हर्मुजबाट आयात हुन्छ ।’, उनले भने, ‘अहिले मध्यपूर्वको युद्धमा इरानले स्टेट अफ हर्मुजलाई रणनितिक प्रतिरक्षामा प्रयोग गरिरहेको छ । यसले आगामी अर्थतन्त्रमा हाम्रो अगाडी धेरै ठूलो चुनौती आउने सम्भावना देखिन्छ । आउने नयाँ सरकारले यसलाई कुशलता पूर्वक टेकअन गर्नेछ भन्नेमा आशा छ ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK