काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकले फागुन २९ गते एक सूचना जारी गर्दै चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेको हो।
जस अनुसार बैंक तथा वित्तीय संस्थाले ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने भएको छ । यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालू पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्ने छ । जसका लागी कुनै सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
तर यसअघि प्रवाह भएको ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनरतालिकिकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
यता राष्ट्र बैंकले चालू पुँजी कर्जाका बिभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्ने पनि उल्लेख गरेको छ। यो हेर्नुहोस्:
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्