Skip to content
LAXMI SUNRISE BANK

ऋण नदिएको झोँकमा ब्रान्च मेनेजरलाई कुट्ने महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । ऋण नदिएको भन्दै हिमालयन बैंकको ब्रान्च मेनेजरमाथि हातपात गर्ने महिला पक्राउ परेकी छिन् । बैंकको पाल्पा शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीमाथि हातपात गर्ने महिला पक्राउ परेकी हुन् । 

बैंकको ब्रान्च मेनेजरमाथि हातपात गरेको भन्दै उजुरी परेपछि ४५ वर्षीय मञ्जु रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको छ । 

पाल्पा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) होम प्रकाश चौधरीका अनुसार रेग्मीलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको चौधरीले जनाएका छन् । 

‘अभद्र व्यवहारको कसुरमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा पक्राउ गरेका हौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै चौधरीले भने, ‘थप अनुसन्धान गर्दैछौँ ।’

भएको के थियो ? 
यता बैंकको पाल्पा शाखाका ब्रान्च मेनेजर प्रकाश सुवेदीका अनुसार ऋण दिन नमिल्ने जवाफ दिएपछि रेग्मी कुटपिटमा उत्रिएकी थिइन् । 

‘उहाँ पहिलो हिमालयन बैंकको ऋणी नै हो । उहाँको लोन गत साउनमा सेटल भइसकेको थियो । तर, अहिले उहाँ फेरि ऋण दिनुपर्यो भन्दै आउनुभयो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै सुवेदीले भने, ‘धितो राख्न खोजेको जग्गा राखेर ऋण दिन मिल्दैन भन्दा हातपात गर्नुभयो ।’

सुवेदीका अनुसार रेग्मी ४०-४५ लाख रुपैयाँ ऋण निकाल्न भन्दै बैंक पुगेकी थिइन् । तर, बैंकको नियमानुसार ऋण दिन मिल्दैन भनेपछि उनी कुटपिटमा उत्रिएको सुवेदीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK