काठमाडौँ। अल इन्डिया ३१ हासिल गरेका अन्जल श्रेष्ठले चार्टर्ड एकाउन्टेन्सी (सिए) जस्तो चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत र सही रणनीतिका साथ सजिलै पार गर्न सकिने बताएका छन्। अर्थ सरोकारसँग कुराकानी गर्दै उनले चुनौतीपूर्ण परीक्षा पनि निरन्तर मेहनत गरे सिए सजिलै पास गर्न सकिने बताएका हुन्।
अन्जल श्रेष्ठले ७३ प्रतिशत अंकसहित अल इन्डिया ३१ प्राप्त गरेका हुन् । उनी एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत थिए। उनले नियमित अध्ययन, समय व्यवस्थापन र अभ्यासलाई सफलताको मुख्य आधारका रूपमा उल्लेख गरेका छन्।
उनले भने, ‘जब मैले मेहनत गर्न सुरु गरेँ, बिस्तारै सुधार देखिन थाल्यो। आज मैले जे परिणाम हासिल गरेको छु, त्यो निरन्तर प्रयासकै फल हो, मलाई घर परिवारले पनि निकै साथ दिनुभएको छ, म घरको कान्छो छोरा हुँ, मलाई कुनै कुरामा रोक टोक थिएन । दिदीदाईहरूले पनि मलाई धेरै साथ दिनुभएको छ, म पहिले खासै पढ्दिनथेँ, १२ कक्षापछि मात्र गम्भीर भएर मेहनत गर्न थालेँ, म पब्जी खेल्थे, लकडाउनमा पनि पढ्नु भन्दा धेरै म फोन चलाउने गर्थे, जब सिए पढ्ने सोच मैले बनाए, त्यो समयदेखि मैले धेरै नै मेहनत गरेर पढ्न थाले, म दिनको १२ घण्टा पढ्ने गर्थे, जसको नतिजा आज मैले पाएको छु, घरमा सबै खुशी हुनहुनुहुन्छ।’
‘यदि विद्यार्थीले निरन्तर मेहनत, अनुशासन र धैर्यता कायम राखे भने सिए पास गर्न गाह्रो हुँदैन,’ उनले भने। साथै, केवल रटाइभन्दा अवधारणा बुझेर अध्ययन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
श्रेष्ठले तयारीका क्रममा टेस्ट, नियमित पुनरावृत्ति तथा फोकसलाई प्राथमिकता दिन सुझाव दिएका छन्। उनका अनुसार लामो यात्राजस्तो देखिने सिएको तयारी सही मार्गदर्शन र समर्पणका साथ सहज बनाउन सकिन्छ। उनले मानसिक सन्तुलन र धैर्यतालाई पनि सफलता प्राप्त गर्ने आधारका रूपमा औंल्याएका छन् । ‘सिए छोटो यात्रा होइन, यसमा उतारचढाव आउँछन्। त्यसैले आत्मविश्वास नघटाई निरन्तर अघि बढ्नु आवश्यक हुन्छ,’ उनले सुझाव दिए।
चार्टर्ड एकाउन्टेन्सी (सिए) परीक्षामा अल इन्डिया ३१ हासिल गरेका अन्जलले आफ्नो सफलताको यात्रा संघर्ष र परिवर्तनले भरिएको बताएका छन्। श्रेष्ठका अनुसार उनी विद्यालय स्तरमा खासै पढ्ने विद्यार्थी थिएनन्।
उनले आफ्नो जीवनमा आएको यही मोड नै सफलताको आधार बनेको बताएका छन् । निरन्तर अभ्यास, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताले आजको उपलब्धि सम्भव भएको उनको भनाइ छ।
श्रेष्ठले फेल हुने विद्यार्थीहरूलाई पनि पुन: प्रयास गर्न र मेहनत गर्न आग्रह गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्