Skip to content
LAXMI SUNRISE BANK

ओली नेतृत्वको सरकारले नियुक्त गरेका ६ देशका राजदूत फिर्ता हुँदै

अर्थ सरोकार

काठमाडौँ । सरकारले ६ देशका राजदूतलाई फिर्ता बोलाएको छ । तत्कालीन (केपी शर्मा ओली नेतृत्वको) सरकारले नियुक्त गरेका ६ देशका राजदूतलाई सरकारले फिर्ता बोलाएको हो । 

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका राजदूतहरुलाई फिर्ता बोलाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार भारतमा शंकरप्रसाद शर्मा, अस्ट्रेलियामा चित्रलेखा यादव, डेनमार्कमा सुम्निमा तुलाधर, श्रीलंकामा पूर्णबहादुर नेपाली, दक्षिण कोरियामा शिवमाया तुम्बाहाम्फे र दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ राजदूत छन् ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई सुशीला कार्की नेतृत्वको सरकारले यसअघि नै फिर्ता बोलाइसकेको छ । बाँकी ६ जनालाई बालेन शाह नेतृत्वको सरकारले फिर्ता बोलाएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK