काठमाडौँ । नेपाली काँग्रेसले गृहमन्त्री सुधन गुरुङमाथी लागेका आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै काँग्रेसले गृहमन्त्री गुरुङसँग सम्बन्धित सम्पूर्ण आरोपहरुको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तत्काल प्रारम्भ गर्न माग गरेको हो ।
आरोप लागिसकेपछि उक्त विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने काँग्रेसले बताएको छ ।
त्यस्तै, काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले मन्त्रीहरुको सम्पत्तिको स्रोत सम्बन्धमा सार्वजनिक रुपमा उठेका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएको छ ।
योसँगै काँग्रेसले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्ने धारणा व्यक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्