Skip to content
LAXMI SUNRISE BANK

विदेश पठाउने भन्दै ७३ लाख बढी ठगी गर्ने चार पक्राउ

अर्थ सरोकार

काठमाडौँ ।  वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाउने भन्दै अवैध रूपमा रकम संकलन गरी सम्पर्कविहीन भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सल्यानका कर्णबहादुर राउत, तनहुँका आनन्द थापा, नवलपरासी (पूर्व)का राधिका पाठक पौडेल र मोरङका तिलक परियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । उनीहरूले विभिन्न व्यक्तिबाट रु ७३ लाखभन्दा बढी रकम ठगी गरेको कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका हुन् ।

राउतले ११ जनालाई फिनल्याण्ड पठाइदिने भन्दै रु ५७ लाख, थापाले माल्टा पठाउने भन्दै एक जनासँग रु चार लाख ५० हजार, पौडेलले दुई जनासँग रु चार लाख २० हजार र परियारले सर्विया पठाइदिने भन्दै दुई जनासँग रु आठ लाख रकम लिई बेपत्ता भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK