Skip to content
LAXMI SUNRISE BANK

विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा बालेन शाह 

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । अन्तराष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा बालेन परेका हुन् । 

उक्त प्रभावशाली नेताको सूचीमा बालेन १४औँ नम्बरमा छन् ।

टाइमले बालेनलाई हिप-हप कलाकारबाट उदाएका राजनीतिक नेतृत्वका रुपमा चित्रण गरेको छ भने बालेनको उदयलाई युवा विद्रोहका रुपमा हेरिएको छ । 

त्यस्तै, टाइमले बालेन काठमाडौँ महानगरपालिकाको मेयर रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न प्रशासनिक जटिलता तोड्ने प्रयास गरेको भन्दै प्रशंसासमेत गरेको छ । 

टाइमले हरेक वर्ष प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गर्छ । प्रभावशाली नेताको सूचीको पहिलो नम्बरमा पोप लियो छन् । दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबयम, तेस्रो नम्बरमा अमेरिकी विदेशमन्त्री मार्को रुबिओ र चौथो नम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्प छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK