काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर ३ लाख ७५ हजार रुपैयाँ ठगी गर्ने ४५ वर्षीय हिमहरी अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।
पाल्पाको रैनादेवी गाउँपालिका वडा नं. ६ घर भएका अर्याललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं. ११ बाट पक्राउ गरेको हो ।
उनले ५ जनाबाट रकम ठगी गरेको पाइएको छ । विदेश पठाउने भन्दै रकम माग्ने र रकम पाइसके पछि सम्पर्क विहिन भएको भन्दै पीडितले उजुरी दिएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल भने उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्