काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने निर्णय गरेको छ । औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान सुनिश्चित गर्दै यसलाई चिकित्सकीय प्रयोजनका लागि सहज पहुँच दिने बताएको हो ।
कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चले भने, ‘गाँजालाई मध्यमदेखि कम लत लाग्ने सम्भावना भएको लागु औषधको रूपमा पुनः वर्गीकृत गरिएको छ । यसले ‘बिरामीहरूको उपचारमा पहुँच विस्तार गर्न र चिकित्सकहरूलाई राम्रो सूचित स्वास्थ्य सेवा निर्णयहरू गर्न सशक्त बनाउँन सहयोग पुग्ने अनुसन्धानले देखाएको छ ।’
अमेरिकी औषधि प्रवर्तन एजेन्सी (डिइए) का अनुसार यसलाई पहिले ‘अनुसूची १’ को रूपमा वर्गीकृत गरिएको थियो, जुन ‘हाल स्वीकृत चिकित्सा प्रयोग र दुरुपयोगको लागि उच्च सम्भावना’ भएको लागुऔषधको एक श्रेणी हो जसमा ‘हेरोइन’ र ‘मेथाम्फेटामाइन’ समावेश छ ।
यसलाई अब पाँच तहको औषधीय अनुसूचीको तेस्रो तहमा सारिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको डिसेम्बरमा उपचारका लागि गाँजाको औषधीय गुणको अनुसन्धानलाई अघि बढाउने कार्यकारी आदेशलाई पछ्याउँदै यो निर्णय गरिएको न्याय विभागले बिहीबार जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्