Skip to content
LAXMI SUNRISE BANK

‘बिचौलिया’ समातिएपछि लेखापढी व्यवसायी आन्दोलित, अनिश्चितकालीन ‘पेन डाउन’को घोषणा

अर्थ सरोकार

काठमाडौँ । लेखापढी व्यवसायीहरुले ‘पेन डाउन’को घोषणा गरेका छन् । आफ्ना व्यसायीहरुमाथि प्रहरीले धरपकड गरेको भन्दै नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, पाटन इकाई समितिले ‘पेन डाउन’को घोषणा गरेको हो । 

समितिले लेखापढी व्यवसायीलाई प्रमाणबिना ‘बिचौलिया’को संघ्या दिएर पक्राउ गरेको भन्दै उक्त कार्यको भत्सर्नासमेत गरेको छ । 

प्रहरीले चैत २२ गते भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट भू-सेवा केन्द्रका सञ्चालक र लेखापढी व्यवसायीहरुलाई पक्राउ गरेको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ बमोजिम भू-सेवा केन्द्र सञ्चालन गरिरहेका व्यवसायीलाई बिचौलिया भन्न गलत भएको भन्दै समितिले आपत्ति जनाएको छ ।

समितिले ‘पेन डाउन’को घोषणा गर्दै अर्को निर्णय नहुन्जेल आन्दोलन जारी राख्ने घोषणासमेत गरेको छ । प्रहरीले पक्राउ गरेका लेखापढी व्यवसायी रिहा भइसकेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK