काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई गैरकानूनी रुपमा नियन्त्रणमा लिएको दाबी गरेका छन् । बिहीबार रिहा भएपछि सामाजिक सञ्जालमा लेख्दै ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रुपमा फौजदारी अभियोग लगाएर १३ दिनसम्म नियन्त्रणमा लिएको बताएका छन् ।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु ।’, ओलीले फेसबुकमा लेखेका छन् ।
त्यस्तै, उनले आफ्नो रिहाइका लागि आवाज उठाउने सबैलाई धन्यवाद दिँदै परमादेश जारी गर्ने सर्वोच्च अदालतप्रति सम्मान व्यक्त गरेका छन् । उनले प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी र स्वास्थ्योपचारमा खटिने त्रिवि शिक्षण अस्पतालप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्