Skip to content
LAXMI SUNRISE BANK

भट्ट पक्राउ परेपछि नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा स्थगित

अर्थ सरोकार

काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेपछि नेपाल माइक्रो इन्स्योरेन्सको साधारण सभा नै स्थगित भएको छ । बैशाख ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बैशाख १० गते हुने भनिएको साधारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैशाख १० गते चितवन मिडटाउन होटलमा बिहान ११ः०० बजे बस्ने भनिएको साधारण सभा अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको कम्पनीले जनाएको छ ।

सभा स्थगित गरे पनि कम्पनीले सभा स्थगित गर्नुको स्पष्ट कारण भने खुलाएको छैन । यद्यपि कम्पनीका प्रमुख संस्थापक सेयरधनी दीपक भट्ट पक्राउ परेपछि सभा स्थगित गर्नुपरेको कम्पनीका अर्का एक सञ्चालकले बताएका छन् । 

ती सञ्चालकका अनुसार नेपाल माइक्रो इन्स्योरेन्समा भट्टको ११ लाख २५ हजार कित्ता सेयर छ । सभामा बहुमत कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भट्ट नै पक्राउ परेपछि बहुमत सुनिश्चित गर्न गाह्रो हुने देखिएपछि सभा नै स्थगित गर्नुपरेको दाबी ती सञ्चालकको छ ।

भट्ट हाल प्रहरी हिरासतमा छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्टले सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ गरेको, झण्डै ४ अर्बको उधारो कारोबार गरेको तथा बजारमा कृत्रिम मूल्य वृद्धि गरेको धितोपत्र बोर्डको अनुसन्धानबाट खुलासा भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK