Skip to content
LAXMI SUNRISE BANK

एनओसीका सबै काम अनलाइन, विद्यार्थीले घरबाटै सर्टिफिकेट लिन सक्ने !

अर्थ सरोकार

काठमाडौँ । अबदेखि घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सकिने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको एनओसी सानोठिमी शाखाले एनओसी पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय (केयु) बीच एपीआई गर्ने कार्य सम्पन्न गरेसँगै अब वैदेशिक अध्ययनमा जाने विद्यार्थीले घरबाटै एनओसी लिन सक्ने भएका हुन् ।

योसँगै अब विद्यार्थीहरुले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । सम्पूर्ण प्रक्रिया पूरा भएपछि विद्यार्थी आफैँले एनओसी हेर्न र प्रिन्ट गर्न पाउने भएका छन् ।

यसो त यसअघि टियु र केयुसँग अन्तरआवद्धता नहुँदा आवेदन दिएपछि विश्वविद्यालयको सर्टिफिकेट रुजु गर्न र आवेदक स्वयम् भौतिक रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता थियो । तर, अब भो सो बाध्यता हट्ने भएको छ । अब एप्रुभ भएको एनओसी आवेदकले आफ्नै प्रोफाइलबाट डाउनलोड गर्न सक्नेछन् । सर्टिफिकेटमा भएको क्युआर कोड स्क्यान गरेर पनि हेर्न सकिने भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK