काठमाडौँ। नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वत: समायोजन गरेका छन् । निगमले २०६२-१२-१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँबाट २५११ रुपैयाँ कायम गरेको हो ।
हवाई इन्धनको मूल्य वृद्धिका कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वत: समायोजन गर्ने भएका हुन् ।
संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ । साथै, यस मूल्य वृद्धिले सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति संघले क्षमा याचना गरेको छ ।
यात्रुहरूले नयाँ हवाई भाडा दर लागू हुने विवरण आफ्ना उडानको टिकट बुकिङ वा एयरलाइन वेबसाइटमार्फत थाहा पाउन सक्ने जनाइएको छ ।
‘हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर तत्कालीक रूपमा समायोजन गरिने प्रचलन छ । यसले यात्रुहरूमा पर्न सक्ने असुविधा प्रति हामी क्षमायाचना गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्