काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ-११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ ।
गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो ।
उक्त प्रालिलाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा आज शिलबन्दी गरिएको हो । उत्पादन रोक्का गरिएको उक्त प्रालिले सरकारी कार्यालयमै खाजा पुर्याएको पाइएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइँदै छ ।
मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पार्दै आएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्