काठमाडौँ । सरकारी वेबसाइट ह्याक गरेर आफू अनुकुलको ठेक्का पार्ने प्रयास गरेको आरोपमा पक्राउ परेका व्यवसायी विक्रम पाण्डेलाई ८ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष समेत रहेका पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईआबी) ले शुक्रबार पक्राउ गरेको थियो ।
उनीमाथी सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (ई-बिडिङ) मा अनधिकृत पहुँच पुर्याएर ठेक्का प्रक्रिया सम्बन्धी विवरण हेरफेर गरेको आरोप छ । उनीसहित प्रहरीले उक्त प्रकरणमा १३ जनालाई पक्राउ गरेको छ ।
पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्