काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिने तयारी गरेका छन् । नयाँ सरकारलाई सहयोग गर्ने उद्धेश्यले उनले राजीनामा दिन लागेका हुन् ।
श्रेष्ठले अर्थसचिवलाई फोन गरेर राजीनामा दिन लागेको विषयमा जानकारी गराएको बोर्ड स्रोतको दाबी छ ।
स्रोतका अनुसार श्रेष्ठले शुक्रबार साँझ बस्ने बोर्ड बैठकमा राजीनामाबारे जानकारी दिन लागेका छन् । ‘नयाँ सरकारलाई सहयोग गर्ने भन्दै अध्यक्षज्यूले राजीनामा दिने कुरा छ ।’, स्रोतले भन्यो ।
यसो त रास्वपा सरकारले राजनीतिक नियुक्ति लिएकाहरुलाई राजीनामा दिन आग्रह गरेकै बेला श्रेष्ठले राजीनामा दिने चर्चा चलेको थियो । तर, त्यसबेला उनले आफूले राजीनामा दिने विषयमा केही नसोचेको बताएका थिए । तर, हाल भने उनले सरकारलाई सहयोग गर्न राजीनामा दिन लागेको स्रोतले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्