Skip to content
LAXMI SUNRISE BANK

विगतको परम्परा तोड्दै बालेन सरकार, खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी !

अर्थ सरोकार

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी गरेको छ । विगतको परम्परा तोड्दै सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी गरेको हो ।

यसअघि परराष्ट्र मन्त्रलायका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसका आधारमा राजदूत नियुक्त हुँदै आएको थियो । तर, अब भने सरकारले उक्त परम्परा तोड्दै राजदूतको नियुक्ति राजनीतिक नियुक्ती नभएर प्रतिस्पर्धाका आधारमा गर्ने तयारी अघि बढाएको परराष्ट मन्त्रालयका एक अधिकारीले बताएका छन् ।

ती अधिकारीका अनुसार सुरुमा राजदूत नियुक्तिका लागि विज्ञापन खुलाइनेछ र आवेदन दिएका अब्बल व्यक्तिहरुबीच प्रतिस्पर्धा गराएर छानिएका योग्य व्यक्तिलाई राजदूत नियुक्त गरिनेछ ।

हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ राजदूत पद रिक्त छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त राजदूतहरुलाई जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार र २१ फागुनको निर्वाचनपछि बनेको बालेन शाह नेतृत्वको वर्तमान सरकारले फिर्ता बोलाउने निर्णय गरेका छन् । आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूत पद रिक्त हुनेछन् । ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको कार्यकाल सकिन लागेको हो ।

त्यसपछि प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले खुला प्रतिस्पर्धाबाट एकैपटक २४ जना राजदूत नियुक्त गर्नेछ । राजदूत नियुक्ति खुला प्रतिस्पर्धामार्फत हुने बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK