Skip to content
LAXMI SUNRISE BANK

पोखरा उडेको बुद्ध एयरको जहाजले बाटो भेटाएन, आधा बाटोबाटै फर्कियो !

अर्थ सरोकार

काठमाडौँ । भैरहवाबाट पोखरा उडेको बुद्ध एयरको जहाज आधा बाटोबाटै फर्किएको छ । बाटो पत्ता लगाउन नसकेपछि बुद्ध एयरको ९एन एएमवाई कनलाइनको जहाज आधा बाटोबाटै फर्किएको हो ।

उडान नम्बर ४६८२ जहाज आधा बाटोबाटै फर्किएको बताइएको छ । जहाजको नेभिगेसनमा समस्या आएपछि आधा बाटोबाटै फर्किनुपरेको विमानस्थलका एक कर्मचारीले बताएका छन् ।

ती कर्मचारीका अनुसार उक्त जहाज करिब ४ बजे भैरहवाबाट उडेको थियो । तर, बाटो पत्ता लगाउन नसकेपछि जहाज पोखरा नपुग्दै पुनः भैरहवा फर्किएको हो । हाल भैरहवा विमानस्थलमा अवतरण गरेको उक्त जहाजको प्राविधिक जाँच भइरहेको बताइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK