Skip to content
LAXMI SUNRISE BANK

नेपालीको बैंक खाता प्रयोग गरेर ठगी गर्ने चिनियाँ नागरिक पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपालीहरुको बैंक खाता प्रयोग गरेर ठगी गर्ने चिनियाँ नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ठमेलबाट ३५ वर्षीय चुई फ्याङलाई पक्राउ गरेको हो । 

पक्राउ परेका फ्याङले समाजिक सञ्जालमार्फत नेपालीसँग कुरा गरेर विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेको र नेपालीको बैंक खाता प्रयोग गरी क्रिप्टोबाट पैसा विदेश लैजाने गरेको खुलासा भएको छ ।

उनले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँको क्रिप्टो कारोबार गरेको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका फ्याङमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK