Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा भने ५० करोड ऋणात्मक

अर्थ सरोकार

काठमाडौँ । सिटिजन्स बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३५.८२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ९३ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.४८ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिसन आम्दानी २ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशत र सञ्चालन मुनाफा ३८.६१ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोडबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ । यही कारण बैंकको नाफा बढेको हो ।

नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा बैंकको ईपीएस २ रुपैयाँ ५५ पैसा बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा छ भने मूल्य आम्दानी अनुपात १८.७१ प्रतिशत छ ।

बैंकको वितरणयोग्य मुनाफा ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक छ । १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK