काठमाडौँ । नेपाली काँग्रेसले ‘ट्रेनिङ इन्स्टिच्युट’ चलाउने भएको छ । पार्टीका क्रियाशील सदस्यहरुलाई जिम्मेवार र क्षमतावान् बनाउन काँग्रेसले ‘ट्रेनिङ इन्स्टिच्युट’ चलाउने भएको हो । जसलाई काँग्रेसले ‘काँग्रेस लिडरसिप एकेडेमी’को नाम दिएको छ ।
उक्त इन्स्टिच्युटमा काँग्रेसको इतिहास, आदर्श, विचारधारा, आर्थिक नीति, विकास नीति र सामाजिक नीतिबारे प्रशिक्षण दिइने बताइएको छ ।
विशेषगरी आगामी निर्वाचनमा सहभागी हुन चाहनेहरुलाई उक्त इन्स्टिच्युटमा आधारभूत तथा विषयगत ज्ञान, सीप र नेतृत्व विकास सम्बन्धी विशेष कक्षा सञ्चालन गरिने काँग्रेसका एक नेताले बताएका छन् ।
अर्थात, नेपाली काँग्रेसबाट निर्वाचनमा उम्मेदवार बन्नका लागि काँग्रेसले बनाउने कोर्सको अनिवार्य रुपमा ट्रेनिङ लिनुपर्छ । ट्रेनिङ नलिएको व्यक्ति उम्मेदवारका लागि योग्य नहुने बताइएको छ ।
यो अभ्यासले पार्टीलाई संगठनात्मक रुपमा बलियो, जिम्मेवार र मर्यादित बनाउनुका साथै देशले पाउने उम्मेदवारलाई सक्षम र क्षमतावान् बनाउने विश्वास काँग्रेसले गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्