Skip to content
LAXMI SUNRISE BANK

नजित्ने निश्चित भएपछि सभामुखको दाबीबाट पछि हट्यो काँग्रेस !

अर्थ सरोकार

काठमाडौँ । सभामुखको दाबीबाट नेपाली काँग्रेस पछि हटेको छ । उम्मेदवारी दिए पनि नजित्ने निश्चित देखिएपछि काँग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

सत्तापक्षसँग संसदमा बलियो अंक रहेको र उम्मेदवारी दिए पनि नजित्ने निश्चित देखिएपछि सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको काँग्रेसका एक नेताले बताएका छन् ।

यता एमालेले भने सभामुखमा उम्मेदवारी दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन । रास्वपाका डिपी अर्यालले सभामुख पदमा उम्मेदवारी दिएका छन् । 

१ सय ८२ सिटसहित संसदमा रास्वपाको सुविधाजनक अंक भएकाले डिपी अर्याल सभामुख हुने निश्चित छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK