Skip to content
LAXMI SUNRISE BANK

पूर्व सभामुख महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७ करोड ७८ लाख बिगो माग

अर्थ सरोकार

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विद्युतीय चुरोट (भेप) मार्फत गरिएको सुन तस्करी प्रकरणमा पदको दुरुपयोग गर्दै सम्पत्ति हानिनोक्सानी हुने काम गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको छ । 

उक्त मुद्दामा अख्तियारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई पनि प्रतिवादी बनाएका छ । 

त्यस्तै, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनाल, भन्सार अधिकृत रमेशकुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णा प्रभा केसी, भुवनराज घिमिरे, उमेशप्रसाद कोइराला, रेवन्त खड्का र मधुसुदन पोख्रेलविरूद्ध पनि मुद्दा दायर गरिएको छ । 

यता महराका छोरा राहुल, निर्मल कुमार विक, लोकेन्द्रकुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, बेदप्रकाश अग्रवाल, रामकेशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरूङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ र दाओजिङ वाङ, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेब राव पाण्डुरङ मरगविरूद्ध पनि मुद्दा दायर भएको छ ।  

उक्त मुद्दामा अख्तियारले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बिगो कायम गरेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK