Skip to content
LAXMI SUNRISE BANK

बिदा परेपछि आइतबार पनि बसन्तपुर घुम्नेको घुइँचो (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन संकटको बढ्दै गएको छ । युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा प्रभाव परेसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । 

यही कारण नेपाल सरकारले पनि  पेट्रोलियम पदार्थको मितव्ययी प्रयोगको विकल्पको रुपमा  शनिबार र आइतबार बिदा दिने निर्णय लिएको छ ।

यसरी आइतबार पनि बिदा दिने सरकारी निर्णयसँगै काठमाडौँको बसन्तपुर दरबार स्क्वायर क्षेत्र गुलजार भएको छ। प्रायः शनिबार सर्वसाधारणको बाक्लो भीड लाग्न धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल बसन्तपुर दरबार स्क्वायरमा आइतबार पनि मानिसहरूको बाक्लो भीड लागेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK